प्रदेश २ को पञ्चवर्षीय योजना सार्वजनिक

पुस २३, २०७६ | धनुषा

प्रदेश २ को नीति तथा योजना आयोगले आगामी पाँच वर्षमा प्रदेशको प्रति व्यक्ति आय १ हजार अमेरिकी डलर पुर्‍याउने लक्ष्य सहितको पञ्चवर्षीय आवधिक योजनाको आधारपत्र आज सार्वजनिक गरेको छ । 

कृषि उत्पादन, अन्तर प्रदेश माग आपूर्ति, रोजगारी सिर्जना औद्योगिकरणमा स्थानीय उत्पादन र गुणात्मक स्वास्थ्य, शिक्षामा लगानीलाई प्राथमिकतामा राख्दै आयोगले पहिलो आवधिक योजना ल्याएको हो । 

आगामी पाँच वर्षमा ११ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिइएको नीति आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झाले बताउनुभयो । 

यस्तै, २७ दशमलव ७ प्रतिशत रहेको गरिबी दर घटाएर २१ प्रतिशतमा झार्ने योजनामा उल्लेख छ । 

प्रदेश सरकारको पहिलो पञ्चवर्षीय आवधिक योजनाको आधारपत्र सार्वजनिक गर्दै मुख्यमन्त्री लालबाबु राउतले सरकारले आवधिक योजनाको आधारमा अवको नीति तथा कार्यक्रम तयार गर्ने बताउनुभयो ।  


प्रतिक्रिया