मर्स्याङदीको बाढीले सडक र पुल भासियो

 तस्बिर : हरिराम उप्रेती, रेडियो कान्तिपुर

असार ४, २०७७ | लमजुङ

मर्स्याङदी नदीमा आएको बाढीले लमजुङ, गोरखा र तनहुँको सीमावर्ती क्षेत्र मर्स्याङदी नदी माथिको बेलिब्रिजमा क्षति पुर्‍याएको छ । 

आज बिहानीपखको बाढीले गोरखाको पालुङटार नगरपालिका ५, हवाईग्राउन्ड र तनहुँको भानु नगरपालिका ३, तुरतुरे जोड्ने बेलिब्रिज भासिनुका साथै सडक भत्किएपछि सो क्षेत्रमा आवागमन बन्द भएको छ । 

तुरतुरेबाट गोरखाको पालुङटार, सिराञ्चोक, अजिरकोट, लमजुङको राइनास, दूधपोखरी लगायत स्थानीय तहमा आवतजावत बन्द भएको छ । स्थानीयका अनुसार सो बेलिब्रिज नेपाली सेनाले २०५८ सालको असोजमा निर्माण सुरु गरेर २०५९ को फागुनमा सम्पन्न गरेको हो । 

भानु नगरपालिका ३ का अध्यक्ष दलनारायण श्रेष्ठका अनुसार बिहान ५ बजेतिर सो पुल र सडक भासिएको हो । स्थानीयका अनुसार सो पुलको १०/१५ मिटर माथि अर्को पुल बनिरहेको छ । पुल निर्माणका क्रममा ढुंगामाटो सवै गोरखातिर थुपारिएकाले मर्स्याङदीको बेगले तनहुँतिर हानिएको थियो । 


प्रतिक्रिया