कनकाई नदीको कटानले झापाका ४ परिवार विस्थापित

झापाको शिवसताक्षी नगरपालिका–१० स्थित कनकाई नदीमा आएको बाढीले कटान गरेको पश्चिम किनार । तस्बिर : अर्जुन/रेडियो कान्तिपुर 

असार २७, २०७७ | बिर्तामोड

कनकाई नदीमा आएको बाढीले झापाको शिवसताक्षी नगरपालिका–१० सुकुम्बासी बस्तीका ४ घर विस्थापित भएका छन् । बाढीले नदीको पश्चिम किनारमा कटान तीब्र पारेको छ ।

जिल्ला रेडक्रस सोसाइटीका सभापति लोकराज ढकालका अनुसार प्रेम उप्रेती, तारा लम्बू, हरिमाया ऋषिदेव र लालबहादुर ऋषिदेवको परिवार विस्थापित भएको हो । 

भारी वर्षासँगै कनकाई नदीमा आएको बाढीले करीब ८ सय मिटर जमिन कटान गरेको छ । कटान नरोकिएकाले सुकुम्बासी बस्तीका थप १५ घर उच्च जोखिममा रहेको ढकालले बताउनुभयो । 

बस्तीमा ५९ घरपरिवारको बसोबास छ । विस्थापित परिवारलाई शनिबार नै रेडक्रसले २/२ थान त्रिपाल वितरण गरेको छ । उनीहरुलाई नजिकैको खाली स्थानमा टेण्ट लगाएर राखिएको छ ।

यसअघि असार १९ मा पनि कनकाई नदीको बाढीले उक्त बस्तीका ५ परिवारलाई विस्थापित बनाएको थियो । 


प्रतिक्रिया