प्रदेश एकमा थप १९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

तस्बिर : रोयटर्स 

श्रावण ११, २०७७ | मोरङ

प्रदेश १ प्रहरी कार्यालयमा कार्यरत थप १९ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विराटनगरस्थित जनस्वास्थ्य प्रयोगशाला र धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थप १९ जनामा संक्रमण पुष्टि भएको हो । 

गत बिहीबार १ सय ५० जना प्रहरीको स्वाब संकलन गरी परीक्षण गरिएकोमा १९ जनामा संक्रमण देखिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता दिपक पोखरेलले बताउनुभयो । प्रदेश प्रहरी कार्यालयमा कोरोना संक्रमित प्रहरीको संख्या २४ पुगेको छ ।

बुधबार एक प्रहरी अधिकृतमा संक्रमण पुष्टि भएको र उनको कन्ट्याक्ट ट्रेसिङका आधारमा बिहीबार ११ जनाको स्वाब परीक्षण गरिएको मध्ये थप ४ जनामा संक्रमण पुष्टि भएको थियो । 

प्रदेश प्रहरी कार्यालय सिल गरेर अनलाइनबाट सेवा प्रवाह गर्दै आएको प्रवक्ता पोखरेलले बताउनुभयो । 


प्रतिक्रिया