पहिरोले घर पुरिदा आमाछोराको मृत्यु

श्रावण २३, २०७७ | बैतडी

बैतडीमा पहिरोले घर पुरिदा दुई जनाको मृत्यु भएको छ । 

डिलाशैनी गाउापालिका वडा नम्बर ४ को मठैराजमा घर माथीबाट आएको पहिरोले पुरिएर ४० वर्षकी पशुपती बोहरा र उनका १२ वर्षका छोरा रिकेश बोहराको मृत्युभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयो । 

अन्य दुई जना भागेर बाच्न सफल भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका उनीहरुलाई प्रहरीले राति २ बजे निकालेको थियो ।  


प्रतिक्रिया