सेनालाई भारतले दियो करीब ३ करोड बराबरको भेन्टिलेटर

श्रावण २५, २०७७ | काठमाडौं

नेपाली सेनालाई भारतले २ करोड ८० लाख रुपैयाँ बराबरको १० थान भेन्टिलेटर दिएको छ । सैनिक मूख्यालय जंगी अड्डामा आइतबार आयोजित एक कार्यक्रमकाबीच भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई १० थान आइसीयू भेन्टिलेटर हस्तान्तरण गर्नुभएको हो ।

कोभिड–१९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि भेन्टिलेटरहरु उपलब्ध गराएको राजदूत क्वात्राले बताउनुभयो । यस्तै, प्रधानसेनापति थापाले भारतीय सहयोगले कोभिड–१९ प्रतिकार्य राष्ट्रिय अभियान योजना–२०७७ को सफल कार्यान्यवनमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।    


प्रतिक्रिया