परिस्थितिको सामना गर्दै सिकाई निरन्तरताको लागि सरोकारवालहरुको जोड

आश्विन ११, २०७७ | काठमाण्डौं

कोभिड- १९ को संक्रमणको कारण जनजीवन अस्तव्यस्त भएको छ । यसले शिक्षा क्षेत्रलाई पनि नराम्रोसँग प्रभावित पारेको छ । युनेश्कोको प्रतिवेदन अनुसार विश्वका १९१ देशका करिब १६ करोड बालबालिकाहरुको सिकाईलाई कोभिड-१९ प्रत्यक्ष प्रभावित बनाएको छ। युनेश्को (२०२०) को एक प्रतिवेदन अनुसार कोभिड-१९ को संक्रमणको कारण अर्को बर्ष विश्वका करिब २ करोड ३० प्राथमिक तहदेखि विश्वविद्यालय तहसम्मका विद्यार्थीहरु विद्यालय छाड्न सक्ने जनाएको छ। विद्यालय बन्दका कारण बिषेश गरी छात्राहरु सानै उमेरमा बववाह हुने, लैगिक भेदभावमा पर्ने जोखिम पनि देखिएको छ ।

कोभिड९१९ को संक्रमणको कारण नेपालमा पनि गत चैत्र देखि शैक्षिक संस्थाहरु बन्द रहेका छन्। जसका कारण करिब ८० लाख बिद्यार्थीहरुको सिकाई अवरुद्ध हुन पुगेको छ। शैक्षिक सत्र २०७७ को करिब करिब आधा समय घर्किसकेको छ। उत्पन परिस्थितिलाइ मध्यनजर गर्दै नेपाल सरकारले बैकल्पिक सिकाई सहजिकरण निर्देशिका- २०७७ जारी गर्यो। पछि परिमार्जन गरि सिकाई सहजिकरण निर्देशिका जारि गर्यो। यिनै निर्देशिकाहरुलाई टेकेर नेपाल सरकार लगायत बिभिन्न राष्ट्रियरअन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुले वैकल्पिक सिकाईका कार्यक्रमहरु संचालन गरिरहेका छन्।

यसै सन्दर्भमा गुड नेवर्स ईन्टरनेशनल नेपाल, किर्डाक नेपाल र बालमैत्री स्थानिय शासन राष्ट्रिय मञ्चले समाज कल्याण परिषद र दिगो बिकास लक्ष्य फोरमको समन्वयमा शिक्षामा कोभिड९१९ को असरः अवसर र चुनौति” विषयक साक्षात्कार कार्यक्रम आयोजना गरिएको छ। छलफलमा कोभिड- ९ ले शिक्षा क्षेत्रमा थपेको चुनौति, सिर्जना गरेको अवसर, प्रारम्भिक वालविकासमा यसले पारेको प्रभाव र प्राथमिकताका क्षेत्रहरु, वैकल्पिक शिक्षाको पहुँच र प्रभावकारीता तथा विध्यालय पुनःसंचालन, शिक्षा क्षेत्रमा सामाजिक संघ संस्थाहरुको भुमिका जस्ता बिषयहरुमा केन्द्रित रहि साक्षात्कार गरिएको थियो ।

कार्यक्रममा शिक्षाविज्ञ प्राध्यापक डाक्टर विध्यानाथ कोइराला, बागमति प्रदेश मुख्यमन्त्री कार्यालयका सचिव डाक्टर हरि लम्साल, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डाक्टर तुलसिप्रसाद थपलिया तथा शिक्षाविज्ञ डाक्टर मिनाक्षी दाहाले विषयवस्तुमा केन्द्रित भई छलफल गर्नु भएको थियो भने कार्यक्रमको सहजिकरण ए।पी।वान टिभीका प्रमुख सम्पादक टिकाराम यात्रिले गर्नुभएको थियो भने कार्यक्रममा २२० जना स्थानिय सरकारका जनप्रतिनिधिहरु, शिक्षक, बिद्यार्थी, शिक्षा क्षेत्रमा सरोकार राख्ने अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो। कार्यक्रममा गैरसरकारी संथा महासँघ नेपालका अध्यक्ष जितराम लामाले शिक्षा विकासमा सामाजिक संघसस्थाहरुको भुमिकाको बारेमा मन्तव्य राख्नुभएको थियो भने समाज कल्याण परिषदका सदस्य सचिव पुस्कर खातिले शिक्षा विकासमा भए गरेका प्रयासहरु र आगामि दिनहरुमा समाज कल्याण परिषदले सामाजिक संस्थाहरुलाई सहजिकरण गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

यसरी गरिएको छलफलबाट कोभिडले चुनौतिहरु सँगसँगै केहि अवसर पनि सिर्जना गरेको र परिस्थितिलाई मध्यनजर गर्दै अवसरको सदुपयोग गर्नुपर्ने, विद्यर्थीहरुको सिकाई क्षति कम गर्न सिकाईका विभिन्न माध्यमहरुबाट सहजिकरण जारी राख्नु पर्ने विध्यालय पुर्ण रुपमा सुचारु गर्न अझै केहि समय लाग्नेहुँदा स्वास्थ्य सुरक्षा अपनाई सिकाईलाई निरन्तरता दिनुपर्ने, शिक्षकहरुको क्षमता विकास गर्नु पर्ने साथै परिचालनमा सरकारले उपाय सुझाउनु पर्ने, विद्यार्थीको सिकाई मापनको आधार निर्माण गर्नुपर्ने, अभिभावक शिक्षा प्रदान गर्नुपर्ने, संघिय, प्रादेशिक र स्थानिय सरकार बिचमा विद्यार्थीको सिकाइ तथा विद्यालय पुनः संचालनको लागि समन्वय हुनुपर्ने निष्कर्ष निकालिएको थियो।

कार्यकममा छलफलको उद्देश्यमाथि बालमैत्री स्थानिय शासन शासन राष्ट्रिय मञ्चका अध्यक्ष तिलोत्तम पौडेलले प्रकास पार्नुभएको थियो भने किर्डाक नेपालका महासचिव सम्झना मल्लले प्यानलिष्ट साथै सहभागिहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। 


प्रतिक्रिया