नेपाली सेनाले बनाइदियो विद्यालय भवन

आश्विन ११, २०७७ | गोरखा

नेपाली सेनाको २५ लाख रुपैयाँ आर्थिक सहयोगमा गोरखा नगरपालिका–८ मा विद्यालय भवन निर्माण सम्पन्न भएको छ । राष्ट्रिय भूपू सैनिक संघ गोरखाबाट सञ्चालित नेपाल राष्ट्रिय भूपू सैनिक आवासीय विद्यालयको ४ कोठे भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको हो । 

नेपाली सेनाको शीघ्र प्रभाव आयोजना अन्तर्गत विनियोजित २५ लाख रुपैयाँबाट भवन निर्माण सम्पन्न गरिएको रणसिंह दल गणका प्रमुख उज्जवल केसीले बताउनुभयो । २०७६ पौषबाट निर्माण सुरु भएकोमा नौ महिनामा सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो । 

नवनिर्मित भवनको आइतबार नेपाली सेनाको ३ नम्बर बाहिनीपति सहायक रथी सागर बहादुर थापाले उद्घाटन गर्नुभयो । कक्षा ६ सम्म सञ्चालित सो विद्यालयमा दुई सय विद्यार्थी अध्ययन गर्दै आएका छन् । भवन उद्घाटन गर्दै सहायक रथी थापाले जीवन उपयोगी सार्वजनिक महत्वको कामले सैनिक र नागरिक बीचको सम्बन्ध उचो बनाउने बताउनुभयो । 


प्रतिक्रिया