अछाममा कोरोना संक्रमित युवकको मृत्यु

आश्विन ११, २०७७ | अछाम

अछाममा कोरोना संक्रमित एक पुरुषको मृत्युु भएको छ । बान्नीगढी जयगढ गाउँपालिका ३ बर्दादेवीका ३४ वर्षिय उनी भदौ २५ गते भारतबाट अछाम पुगेका थिए । मृतक पुरूषको डोटी अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण गर्दा ९ गते पोजेटिभ देखिएको थियो ।

मृतक सहित क्वारेन्टिनमा बसेका थप १९ जनामा समेत कोरोना पोजेटिभ देखिएको थियो । स्वास्थ्य समस्या भएपछि हिजो उनलाई जिल्ला अस्पताल मंगलसेन लगिएको थियो । 


प्रतिक्रिया