झापाका ५२ वर्षीय कोरोना संक्रमितको मृत्यु

आश्विन १२, २०७७ | मोरङ

विराटनगरस्थित नोबेल अस्पतालको आइसोलेसनमा उपचाररत झापाका एक कोरोना संक्रमितको मृत्यु भएको छ । झापाको गौरादह नगरपालिकाका कोरोना संक्रमित ५२ वर्षीय पुरुषको सोमबार मृत्यु भएको हो । 

मधुमेह र उच्च रक्तचापले पीडित उनलाई ज्वरो, खोकी लागेपछि उपचारका लागि असोज ३ गते अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना भएपछि उनको स्वाब संकलन गरी परीक्षण गर्दा असोज ६ गते रिपोर्ट पोजेटिभ आएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले बताउनुभयो । 

उनलाई आईसीयूमा राखेर उपचार गर्दा समेत बचाउन नसकिएको दाहालले बताउनुभयो । उनीसँगै प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६६ पुगेको छ ।  


प्रतिक्रिया