डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै

आश्विन १३, २०७७ | काठमाडौं

चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै १६ दिन देखी अनसन बस्दै आएका प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ ।

एकै प्रकारको माग सम्बोधनका लागि १९ औं चरणको अनसन बस्नुभएका केसीलाई बारम्बार छाती दुख्ने, धड्कनको गति एकनाश नहुने, मांसपेशी बाउँडिने, थकाइ र पटक पटक चक्कर लाग्ने समस्या भएको उपचारमा संलग्न चिकित्सक डा. सुवासप्रसाद आचार्यले जानकारी दिनुभयो । 

रगतमा सेतो रक्तकोषिकाको संख्या पनि कम देखिनुका साथै ब्लड सुगरमा कमी, सोडियम, पोटासियम, म्याग्नेसियम, क्याल्सियम, फोस्फोरसजस्ता इलेक्ट्रोलाइटको मात्रा समेत घटेको पाइएको छ । आपतकालिन रक्त बाहिनी नलीमा पहुँच कायम राख्न डा. केसीलाई सामान्य स्लाइन दिइएको छ । अन्य तरल तथा इलेक्ट्रोलाइन लिन डा. केसीले अस्वीकार गर्दै आउनुभएको छ । 

अनसनको समर्थनमा सोलिडारिटी अफ डा.केसी अलायन्सले काठमाडौंको माइतीघर मण्डलामा हरेक साँझ ५ बजे प्रदर्शन गर्दै आएको छ । उहाँको माग सम्बोधनका लागि सरकारी तवरबाट भने चासो देखाइएको छैन । 


प्रतिक्रिया