अझै उठेन सम्झनाको शव

आश्विन १३, २०७७ | बझाङ

बझाङमा बलात्कार पछि हत्या भएकी बालिका सम्झना कामीको शव बुझन परिवारले अस्विकार गरेका छन् । घटना भएको एक साता बितिसक्दा पनि दोषिलाई कानुनी कारबाहीको सुनिश्चितता नभएको भन्दै परिवारले उनको शव बुझ्न नमानेको हो । 

घटनाको अनुसन्धान गरिरहेको प्रहरीले परिवारलाई चिक्त बुझ्दो जवाफ नदिएको परिवारको आरोप छ । प्रहरीले जारी गरेको विज्ञप्तीमा पक्राउ परेका राजेन्द्र बोहोराले अपराध स्विकार नगरेको आशय उल्लेख भएको भन्दै परिवारले शव उठाउन नमानेको हो । 

सम्झनाका काका ईश्वर विकले भन्नुभयो, ‘प्रहरीले प्रेस विज्ञप्ती भनेर एउटा पर्चा हामीलाई थमाएको छ । त्यसमा राजेन्द्र बोहरालाई पक्राउ गरेर अनुसन्धान भैरहेको भन्ने लेखेको छ, प्रहरीले पनि अनुसन्धान कै क्रममा छौं । उसले अपराध स्विकारेको छैन । केस जता पनि मोडिन सक्छ भनेर दुइ धारे कुरा गरिरहेको छ । यसमा हामीलाई शंक लागेको छ ।’

उहाँले अपराधीको स्पष्ट पहिचान नभइसम्म शव नउठाउने समेत बताउनुभयो । घटना भएको भोलिपल्ट नै असोज ८ गते शवको पोष्टमार्टम गरिएको थियो । सम्झनाको शव जिल्ला अस्पताल बझाङको शव गृहमा राखिएको छ । फ्रिज नभएका कारण शव कुहिएर गन्हाउन थालेको जिल्ला अस्पतालका डाक्टर मिलन खड्काले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी रुपक खड्काले अभियुक्तले अपराध स्विकार नगरेको भए पनि प्रहरीले राजेन्द्र नै घटनामा संलग्न रहेको भन्ने यथेस्ट प्रमाण जुटाई सकेकोले अपराधी उम्किनेमा शंका नगर्न आग्रह गर्नुभयो । राजेन्द्रलाई अनुन्धानको लागि अदालतबाट म्याद थप गरेको र घटनाको विभिन्न कोणबाट अनुसन्धान भैरहेको उहाँले बताउनुभयो । 


प्रतिक्रिया