लमजुङका २९ वर्षीया महिलामा डेंगु

लमजुङको बेंसीसहर नगरपालिका–७, त्रिवेणी टोल क्षेत्रमा डेंगु सार्ने लामखुट्टे हुन सक्ने भन्दै खोजतलास गरी नष्ट पार्दै स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी तस्बिर : रेडियो कान्तिपुर । 

श्रावण १, २०७७ | लमजुङ

लमजुङका एक २९ वर्षीया महिलामा डेंगुको संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय लमजुङका अनुसार क्व्होलासोंथार गाउापालिका–२ मालिङ घर भई हाल बेंसीसहर नगरपालिका–७ बस्दै आएकी महिलामा डेंगुको संक्रमण देखिएको हो । 

स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीका अनुसार बिरामीको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । बिरामीको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । दवाडीले भन्नुभयो, ‘लमजुङमा विगतदेखि नै फाट्टफुट्ट डेंगु संक्रमण देखिादै आएको छ ।’

उच्च ज्वरो आएको बिरामीको रगत परीक्षणका क्रममा उनमा डेंगु संक्रमण देखिएको लमजुङ जिल्ला सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो । ती बिरामीलाई मंगलबार डेंगु संक्रमण देखिएको हो । उहाँले भन्नुभयो, ‘उच्च ज्वरो आएपछि बिरामीलाई अस्पतालमा ल्याइएको थियो । परीक्षणका क्रममा डेंगु देखियो ।’

लमजुङमा आर्थिक वर्ष २०७६/७७ को अन्तिममा आएर डेंगु देखिएको हो । चिकित्सकका अनुसार एडिस जातको पोथी लामखुट्टेले दिउासोको समयमा टोक्दा उसको शरीरमा भएको भाइरस मानव शरीरमा सर्ने भएकाले डेंगुको संक्रमण हुन्छ । स्वास्थ्य कार्यालयका अनुसार आर्थिक बर्ष २०७५/०७६ मा ३ जनामा डेंगु देखिएको थियो ।

लामखुट्टेको टोकाइबाट यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले लामखुट्टेको लार्भा नष्ट गर्न ‘खोज र नष्ट गर’ भन्ने अभियान सञ्चालन गरिएको स्वास्थ्य प्रमुख दवाडीले बताउनुभयो ।

उहाँका अनुसार लामखुट्टेको लार्भा नष्ट गर्ने र पानी जम्ने खाल्डाखुल्डी र पानी जम्ने बोटल, कागज, प्लाष्टिक नष्ट गर्न उहाँले सुझाउनुभयो । बेंसीसहर नगरपालिका–७ मा बसोबास गर्ने व्यक्तिमा डेंगु संक्रमण देखिएकाले वडाबासीमा सचेतना अभियान थालिएको वडाअध्यक्ष गोविन्द बस्नेतले बताउनुभयो । 

बेंसीसहर नगरपालिकाले नागरिकलाई सचेतना जगाउादै लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन थालेको छ । नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी साथै जनप्रतिनिधि सरसफाईमा जुटेका छन् । स्वास्थ्य शाखा प्रमुख मनोजसिंह बोहराले ग्यारेजहरु, घरघरको छतमा, खाडल भएको ठाउामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानमा जुटेको बताउनुभयो ।


प्रतिक्रिया