बुटवलको कोरोना विशेष अस्पतालमा प्लाज्मा थेरापी सेवा सुरु

भाद्र ८, २०७७ | तिलोत्तमा

रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा प्लाज्मा थेरापी सेवा सुरु भएको छ । अस्पतालमा सोमवारबाट सो थेरापी सुरु गरिएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताउनुभयो । 

कुनै एक व्यक्ति कोरोना संक्रमणबाट मुक्त भएको २ हप्तापछि उनको शरीरबाट रगत झिकी प्लाज्मा छुटाएर अर्का गम्भीर प्रकृतिका संक्रमितलाई दिने थेरापी प्लाज्मा थेरापी हो ।

अस्पतालमा सोमबार नै भेन्टिलेटरमा राखेर उपचार भइरहेकी ७० वर्षीया संक्रमितलाई प्लाज्मा दिई उपचार गरिएको थापाले जानकारी दिनुभयो । प्रदेश ५ का कोरोना अस्पताल मध्ये बुटवलमा सुरु भएको प्लाज्मा थेरापी पहिलो हो ।


प्रतिक्रिया