सिभिल अस्पातालका कर्मचारी आन्दोलित

भाद्र १४, २०७७ | काठमाडौं

अस्पाताल प्रशासनले आफूहरुको माग पूरा नगरेको भन्दै काठमाडौंको मीनभवनमा रहेका निजामती कर्मचारी अस्पातालका कर्मचारीले दोस्रो चरणको आन्दोलन सुरु गरेका छन् । अस्पाताल कर्मचारी संघको अगुवाईमा कर्मचारीले हातमा कालोपट्टी बाँधेर विरोध जनाएका छन् । 

२०७० सालमा निर्माण भएको कर्मचारी विनियमावली कार्यान्वयन नगरेको, कर्मचारीलाई करारमै काम लगाएको, वृत्तिविकास रोकेको तथा प्रचलित कानून अनुसारको सेवा सुविधा उपलब्ध नगराएको उनीहरुको भनाई छ ।

३ साताअघि देखि आफ्ना माग कार्यान्वयनका लागि संघले अस्पाताल परिषर भित्रै ब्यानर राखेर विरोध जनाउँदै आएको थियो । तर, अस्पातालले माग सम्बोधनमा कुनै चासो नदेखाएपछि बाध्य भएर दोस्रो चरणको आन्दोलन सुरु गरिएको संघका अध्यक्ष सन्तोष धिमालले बताउनुभयो । 

लामो समयदेखि उठाएको मागमा व्यवस्थापन पक्ष गैरजिम्मेबार बनेको भन्दै आन्दोलनमा उत्रनुको विकल्प नभएको उहाँले बताउनुभयो । 

कोरोना माहामारीको कठिन परिस्थितिलाई ध्यानमा राख्दै सेवा सञ्चालनमा भने कुनै अवरोध नगर्ने उहाँले बताउनुभयो । संघको आन्दोलनलाई मेडिकल ल्याब एसोसिएसन नेपालले समेत ऐक्यबद्धता जनाएको छ ।     


प्रतिक्रिया