चौधरी ग्रुपका ४२ मजदुरलाई कोरोना पोजेटिभ

भाद्र २१, २०७७ | बर्दिया

बर्दिया बासगढी स्थित चौधरी ग्रुपको चाउचाउ कारखानामा काम गर्ने ४२ जना मजदुरलाई कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले भेरी अस्पतालको प्रयोगशालामा गरिएको स्वास्थ्य परीक्षणमा ४२ जनालाई कोरोना पोजेटिभ भएको बताउनुभयो । 

केही दिनअघि सोही कारखानामा काम गर्ने एकजनामा कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा आज अन्यमा पोजेटिभ देखिएको हो । ४२ जनामा कोरोना पोजेटिभ पुष्टि भएपछि चाउचाउ उद्योग सिल गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताउनुभयो । जिल्लामा एकै पटक धेरै संख्यामा कोरोना पोजेटिभ देखिएको पहिलो हो । 


प्रतिक्रिया