कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा कांग्रेस विजयी

असार २१, २०७४ | कपिलवस्तु

 कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको प्रमुखमा कांग्रेस उम्मेदवार केशव श्रेष्ठ विजयी हुनुभएको छ । उहाँ १० हजार ६३ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार रुपेश श्रेलेष्ठ ९ हजार ९ सय २६ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा कांग्रेस उम्मेदवार मीरा चौधरी १० हजार २ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार मन्जु चौधरीे ९ हजार ४ सय ४१ मत प्राप्त गर्नुभयो । 

 


प्रतिक्रिया