इलाममा समानुपातिक तर्फ पनि एमाले पहिलो स्थानमा

रेडियो कान्तिपुर संवाददाता

मंसिर २६, २०७४ | इलाम

 -  नेकपा एमालले इलाममा समानुपातिकतर्फ पनि अग्रता लिएको छ । प्रतिनिधि सभातर्फ २ र प्रदेश सभाका चार निर्वाचन क्षेत्रको प्रत्यक्ष तर्फ सबैमा वाम गठबन्धनले जित निकालेको थियो । प्रारम्भिक चरणमा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छन् । मंगलबार साँझ सम्ममा क्षेत्र नं. १ मा १४ हजार ५८ मत गणना भइसकेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार एमालेको ६ हजार ८ सय ७८, कांग्रेसको ३ हजार ५ सय ७५, माओवादी केन्द्रको ८ सय १३, राप्रपा ६ सय ७० मत सहित चौंथो, संघीय समाजबादी ४ सय ७६ मत सहित पाँचौ स्थानमा छन् । मंगोल नेशनल अर्गनाइजेशनले २ सय ६६ मत सहित छैठौं स्थानमा रहेको छ । 

यो क्षेत्रको प्रदेश नम्बर १ र २ को नतिजा आउन बाँकी रहेको छ । यस्तै क्षेत्र नम्बर २ मा २५ हजार ९ सय १ मत गणना भइसकेको छ । सहायक निर्वाचन अधिकृत जगदिश्वर भटटराईले दिएको जानकारी अनुसार यस क्षेत्रमा पनि नेकपा एमाले पहिलो स्थानमा छ । एमालेले ११ हजार ३ सय १९, काँग्रेसले ९ हजार २ सय १७, माओवादी केन्द्रले एक हजार ६ सय २५ सहित तेस्रो स्थानमा छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ७ सय ८३ मत सहित चौंथो स्थानमा छ । 

संघीय समाजवादी ५ सय ६ मत सहित पाँचौं, मंगोल नेशनल अर्गनाइजेशन एकसय ८९ मत सहित छैठौं, राप्रपा १ सय ५५ मत सहित सातौं र राष्ट्रिय जनमुक्ति पार्टी १ सय ४४ मत सहित आठौं स्थानमा रहेको छ । यसैगरी क्षेत्र नम्बर २ को प्रदेश नम्बर १ मा १३ हजार ६ सय २७ मत गणना भइसकेको छ । 

जसमा ५ हजार ८ सय ४९ मत सहित एमाले पहिलो, ५ हजार एक सय ७४ मत सहित कांग्रेस दोस्रो, ८ सय ७७ मत सहित माओवादी केन्द्र तेस्रो र संघीय समाजवादी १ सय १५ मतसहित चौंथो स्थानमा रहेको छ । यस्तै क्षेत्र नम्बर २ कै २ नम्बर प्रदेशमा हालसम्म १२ हजार २ सय ७४ मत गणना भइसकेको छ । जसमा ४ हजार ६ सय १७ मत सहित एमाले पहिलो, ३ हजार ५ सय २० मत सहित कांग्रेस दोस्रो र एक हजार एकसय ७४ मत सहित माओवादी केन्द्र तेस्रो स्थानमा छ ।   

 


प्रतिक्रिया