प्रदेश २ मा नेकपा–राजपा गठबन्धन विनयी

माघ ९, २०७६ | जनकपुर

राष्टिय सभाका रिक्त चार पदका लागि प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा बिहीबार सम्पन्न निर्वाचनमा नेकपा-राजपा गठबन्धन विजयी भएको छ । 

अबेर साँझ घोषित मतपरिणाम अनुसार महिला क्लस्टर तर्फ नेकपाकी तुलसा दालाह विजयी हुनुभयो । दाहाल ५ हजार २ सय ८ मतभार प्राप्त गर्नुभयो । 

उहाँका प्रतिद्वन्दी नेपाली कांग्रेसकी नगिना यादवले ४ हजार ७ सय ४० मत प्राप्त गर्नुभयो । यसै गरी दलित क्लस्टरतर्फ नेकपाका राधेश्याम पासवान विजयी हुनुभयो । 

पासवानले ५ हजार २ सय ९२ मत प्राप्त गर्नुभयो भने, उहाँका प्रतिद्वन्दी संघीय समाजवादी पार्टीका रामप्रीत पासवानले ४ हजार ७ सय ४ मत प्राप्त ल्याउनुभयो ।

अन्य समूहबाट राजपाका मृगेन्द्र सिंह यादव ५ हजार ४ सय मतभार प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिद्वन्दी अनिरुद्ध यादवले ४ हजार ५ सय १२ मतभार प्राप्त गर्नुभयो । 

यसैगरी अल्पसंख्यक समूहबाट राजपाका शेखरकुमार सिंह ५ हजार ५ सय २ मतभार प्राप्त गरी विजयी हुनुभयो । 


प्रतिक्रिया