साग फुटबलमा नेपाल भुटान विरुद्ध भिड्दै

रेडियो कान्तिपुर संवाददाता

माघ २४, २०७२

माघ २४, काठमाडौं ।

दक्षिण एसियाली खेल प्रतियोगिता सागमा नेपालले आज पुरुष फुटवलमा भुटान बिरुद्ध प्रतिस्पर्धा गर्दैछ । गुवाहाटीस्थित नेहरु स्टेडियममा खेल अपरान्ह हुदैछ । नेपाली टिमका कप्तान विराज महर्जनले वंगवन्धु गोल्डकप जितेकाले खेलाडीको मनोवल उच्च रहेको बताए । उनले गतिलो सुरुवात सहित मैदान उत्रन लागेको बताएका छन ।

दुइ साताअघि ढाकामा वंगवन्धु गोल्डकपको उपाधी दिलाएको टिमका २० खेलाडी सागमा पनि सहभागी छन । खेलमा नेपालले अहिलेसम्म एक रजत र २ कांस्य गरी ३ पदक मात्र जितेको छ । नेपालले भारोत्तोलनमा एक रजत र एक कांस्य तथा कुस्तीमा एक कांस्य जितेको हो । प्रतियोगितामा भारत १४ स्वर्ण सहित १९ पदकका साथ पहिलो स्थानमा छ ।

 


प्रतिक्रिया