रुपन्देहीमा ११ स्थानमा सुझाव संकलन गरिने

रेडियो कान्तिपुर संवाददाता

श्रावण ३, २०७२

साउन ३, रुपन्देही ।

 

रुपन्देहीमा संविधानको मस्यौदामाथि भोली र पर्सी हुने सुझाव संकलनकालागि जिल्ला स्तरीय कार्यक्रमको तयारी पूरा भएको छ । ७ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा सुझाव संकलनका लागि ११ वटा स्थान तय गरिएको छ । सर्वसाधारणलाई निर्वाध रुपमा सकलन केन्द्रसम्म गएर सुझाव दिने वातावरण बनाउन ११ वटै निर्वाचन क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले बताउनुभयो । 

सुझाव संकलनका लागि मस्यौदा तथा आवश्यक सामाग्री समेत सुझाव संकलन केन्द्रमा पुगी सकेको छ । तराईको जिल्ला र सिमा क्षेत्र भएपनि सुरक्षा उच्च पारेकाले विना अवरोध नागरीकको सुझाव संकलन गर्ने वातावरण हुने प्रशाशनले दावी गरेको छ । प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी तथा ससस्त्र प्रहरीका प्रमुखसहितका सुरक्षा अधिकारीहरु समेत सुझाव संकलन गर्ने स्थानको अवलोकनमा खटिएका छन् । 


प्रतिक्रिया