मातृभाषामा मस्यौदा नआएकोमा मैथिलीभाषी असन्तुष्ट

रेडियो कान्तिपुर संवाददाता

श्रावण ३, २०७२

अनिल बोगटी 

साउन ३, जनकपुर ।

 

मातृभाषामा संविधानको मस्यौदा नआएको भन्दै मैथिलीभाषीले असन्तुष्टि जनाएका छन् । जनकपुरका राजनीतिक दलका नेता कार्यकर्ता, नागरिक अगुवा लगायतले मातृभाषामा मस्यौदा नआएकाले स्थानीय स्तरमा बुझाउन समस्या भएको बताएका छन् । तमलोपाका सभासद् विजय सिंहले मैथिलीभाषीको बहुल्यता रहेको स्थानमा मातृभाषामा मस्यौदा नआउदा स्थानीयलाई सुझाव दिन समस्या भएको बताउनुभयो । भाषाको कठिनाइका कारण मस्यौदा नै नबुझेकाले सुझाव संकलनमा सहभागि हुने मैथिलीभाषीलाई कठिनाई हुने स्थानीय नागरिक अगुवा राजेश्वर नेपालीको भनाई छ । धनुषामा ७ वटै निर्वाचन क्षेत्रमा सुझाव संकलन केन्द्रको व्यवस्था गिरिएको छ । सुझाव संकलनका लागि जिल्लमा १६ सय थान मस्यौदा पुगेको अधिकारीहरुले दावी गरेका छन् ।   


प्रतिक्रिया