केही स्थानमा भएको अवरोधले संविधान निर्माण रोकिदैन : गच्छदार

रेडियो कान्तिपुर संवाददाता

श्रावण ६, २०७२

साउन ६, विराटनगर ।

 

मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले सुझाव संकलनका क्रममा केही स्थानमा भएको अवरोधले संविधान निर्माणमा कुनै असर नपर्ने बताउनुभएको छ । जनताले अत्यधिक सहभागिता जनाएर अभिमत जाहेर गरेकाले १०/१५ ठाँउमा गरिएको अवरोधले केही फरक नपार्ने उहाँको भनाई थियो । विराटनगर विमानस्थलमा आज संचारकर्मीसंग कुरा गर्दै अध्यक्ष गच्छदारले संविधानको मस्यौदामा रहेका गल्ती कमजोरी जनताको राय सुझाव अनुसार सच्याएर परिमार्जित गरिने बताउनुभयो । साउन मसान्त भित्र संविधान जारी हुने भन्दै उहाँले जनताको सुझाव अनुसार प्रदेशको सिमांकन टुङ्ग्याएर जान सकिए राम्रो हुने उल्लेख गर्नुभयो । 


प्रतिक्रिया