बर्षेनी बढ्दै यौन हिंसाका उजुरी

रेडियो कान्तिपुर संवाददाता

श्रावण १६, २०७९

सरिता चौधरी

नेपालमा पछिल्लो समय निकै पहिले भएका महिला यौन हिंसाका घटनाहरू सार्वजनिक भइरहेका छन् । सामाजिक सञ्जाल, सडक र सदनमा बहस भइरहेका छन् । ती घटनाहरूमध्ये एक हो, सौन्दर्य प्रतियोगिताकी उपविजेता एक किशोरीले गरेको खुलासा । आठ वर्षअघि सक्सेस पार्टी गर्ने भनी होटेलमा बोलाएर नशालु पेयपदार्थ खुवाई आफूलाई जबरजस्ती करणी गरेको भन्दै सामाजिक सञ्जाल ‘टिकटक’ मार्फत किशोरीले २०७९ जेठ पहिलो साता खुलासा गरिन् । उनले भिडियोमा घटनाकै कारण आफू आठ वर्षसम्म गम्भीर मानसिक समस्याबाट गुज्रिनुपरेको पनि बताइन् । घटनाको खुलासा भएलगत्तै देशभरका युवा तथा महिला अधिकारकर्मी आन्दोलित भए र आरोपित प्रतियोगिताका आयोजक मनोज पाण्डे पक्राउ परे ।

चर्चा चुलिएको अर्को घटना हो,गायिका समीक्षा अधिकारीले अभिनेता पूर्णविक्रम शाहमाथि लगाएको बलात्कारको आरोप । करिब एक वर्षअघि आफूलाई बलात्कार गरेको आरोपमा अधिकारीले २०७८ फागुन पहिलो साता शाहविरुद्ध जबरजस्ती करणीको अभियोगमा उजुरी दिइन् । उनले आफू नाबालक रहेको दाबीसमेत गरेकी छन् । सो आरोपमा शाहलाई हिरासतमा राखिएको छ । अनुसन्धान जारी छ ।

महोत्तरी जलेश्वरकी निहारिका राजपुतले साढे तीन वर्षअघि धनुषा महेन्ऽनगरका शिवराज श्रेष्ठले आफूलाई प्रेममा पारी शारीरिक सम्बन्ध बनाएको तर गर्भवती भएपछि विवाह नगरेको आरोप लगाइन् । श्रेष्ठको परिवारले बच्चा फाल्न पटक–पटक आफूलाई दबाब दिएको पनि उनी बताउाछिन् । न्यायको माग गर्दै धनुषा जिल्ला अदालतमा मुद्दा दिएसागै श्रेष्ठ डेढ वर्षसम्म फरार रहे । त्यसपछि अदालतमा हाजिर भएका उनी केही महिना जेलपरे । तर, जिल्ला अदातलले २०७८ माघको अन्तिम साता शिवराजलाई सफाइ दिएपछि राजपुत र अधिकारकर्मीहरू न्याय मरेको भन्दै आन्दोलनमा उत्रिए । न्यायको माग गर्दै २०७९ जेठ २७ देखि ३१ गतेसम्म राजपुत काठमाडौंमा अनशन बसिन् । पााच दिनपछि सरकारले उनको माग सम्बोधन गर्ने भएपछि अनशन तोडिन् । अहिले यो मुद्धा जनकपुर उच्च अदालतमा जारी छ ।

पााच वर्षमा १५ हजार यौन हिंसाका घटना

यौन हिंसाका कतिपय घटनाहरू सार्वजनिक नै हुादैनन् । जे जति सार्वजनिक भएका छन्, त्यसले पनि समाजमा यौन हिंसा बढेको देखाउाछ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार, विगत पााचमा यौन हिंसाका १५ हजार ६ सय ३० भन्दा बढी घटना भएका छन् । आर्थिक वर्ष २०७४/७५ माजबरजस्ती करणी, बलात्कार, यौन दुव्र्यवहारलगायत महिलामाथि हुने यौन हिंसाका घटना २ हजार २ सय ८२ वटा उजु्री परेका थिए । २०७५/७६ मा सो सङ्ख्यामा वृद्धि भएर ३ हजार ३ सय ५४पुग्यो । आर्थिक वर्ष २०७६/७७ मा ३ हजार १ सय ५६,आर्थिक वर्ष २०७७/७८ मा ३ हजार ६ सय ९३ र २०७८/७९ को जेठ मसान्तसम्म ३ हजार १ सय ४५ वटा उजुरी दर्ता भएको तथ्याङ्क छ ।

यौन हिंसाबारे बुझाइ

मुलुकी अपराध संहिता, २०७४ मा कसैले कसैलाई यौन दुव्र्यवहार गर्न वा गराउनु हुादैन भन्ने उल्लेख छ । कस्तो व्यवहारलाई यौन दुव्र्यवहार भन्ने सम्बन्धमा संहिताले स्पष्ट उल्लेख गरेको छ– “कसैले आफ्नो पति वा पत्नी बाहेक अन्य व्यक्तिलाई निजको मञ्जुरी विना करणीका आशयले समातेमा वा निजको संवेदनशील अङ्ग छोएमा वा छुन प्रयास गरेमा, निजको भित्री पोशाक खोलेमा वा खोल्ने प्रयास गरेमा, निजले लगाउने भित्री पोशाक लगाउन वा फुकाल्न कुनै किसिमले वाधा अवरोध गरेमा वा निजलाई अस्वाभविक रुपमा कुनै एकान्त ठाउामा लागेमा, यौन सम्बन्धी आफ्नो अङ्ग निजलाई छुन, समाउन लगाएमा, निजसाग अश्लिल वा अन्य त्यस्तै प्रकारको शब्द मौखिक, लिखित वा साङ्केतिक रूपमा वा विद्यु्तीय माध्यमबाट प्रयोग गरेमा, अश्लिल चित्र वा तस्वीर देखाएमा, यौनका आशयले जिस्क्याएमा वा हैरानी दिएमा वा निजसाग अस्वाभाविक, अवाञ्छित वा अमर्यादित व्यवहार गरेमा निजले यौन दुव्र्यवहार गरेको मानिने छ ।”

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत महिला विकास अधिकृत ममता विष्ट भन्छिन्, “यौनिकताका आधारमा गरिने हिंसा यौन हिंसा हो । त्यसका विभिन्न रूप हुन सक्छन् । बलात्कार हुन सक्छ । बलात्कारको प्रयास हुन सक्छ । जबरजस्ती करणी हुन सक्छ । यस्ता कुरा यौन हिंसाको रूपमा लिने गरेका छौा ।”

सांसद गंगा चौधरीको विचारमा कसैलाई नराम्रो नियत र तरिकाले हेर्ने, छुने, बोल्ने नै यौन दुव्र्यवहार अर्थात् यौन हिंसा हो । “कसैलाई उसको इच्छा विपरीत गलत नियतले हेर्नु, छुनु, बोल्नु नै यौन दुव्र्यवहार हो,” सांसद चौधरी भन्छिन् । उनको बुझाइमा पछिल्लो समय बाहिरिएका महिला यौन हिंसाका भनिएका विभिन्न घटनामध्ये कतिपय त मञ्जुरीमा भएका जस्ता पनि देखिन्छन् ।

गायक निशान भट्टराईले यौन हिंसा महिलामाथि मात्रै नभई पुरुष र महिला दुबैमाथि हुन सक्ने बताए । “महिला होस् वा पुरुष, गलत नियतले अरूको इच्छा विपरीत गरिने क्रियाकलाप नै हिंसा हो,” गायक भट्टराईले थपे, “कुनै कुरा आफूलाई मन नपरे अरूप्रति पनि गर्नु हुादैन । कतिपय अवस्थामा आफूसाग भएका क्रियाकलापले असुरक्षित र आफूमाथि नराम्रो भएको महसुस भएमा एक्सन लिनुपर्छ ।”

दण्डबारे अपराध संहिता के भन्छ ?

कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिने अपराध संहितामा उल्लेख छ ।

जबरजस्ती करणी दण्डनीय अपराध हो । जबरजस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी कैद हुने व्यवस्था अपराध संहितामा गरिएको छ । संहितामा १० वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त अपाङ्गता भएका वा ७० वर्षभन्दा बढी उमेरका महिलालाई यौन हिंसा गरेको भए पीडकलाई जन्म कैद हुने प्रावधान छ । १० वर्ष वा १० वर्षभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिका भए १८ वर्षदेखि २० वर्षसम्म कैद हुनेछ । यस्तै, १४ वर्ष वा १४ वर्षभन्दा बढी १६ वर्षभन्दा कम उमेरकी बालिका भए १२ देखि १४ वर्षसम्म र १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० देखि १२ वर्षसम्म कैद हुने व्यवस्था छ । १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए सात देखि १० वर्षसम्म कैद हुने व्यवस्था छ । वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबरजस्ती करणी गरेमा ५ वर्षसम्म कैद हुने व्यवस्था पनि अपराध संहितामा गरिएको छ । यस्तै, यौन दुव्र्यवहारको कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपियाासम्म जरिवाना हुने प्रावधान छ । बाल यौन दुरुपयोग र अप्राकृतिक मैथुनको कसुर गर्ने व्यक्तिलाई पनि तीन वर्षसम्म कैद र ३० हजार रुपियाासम्म जरिवाना हुने प्रावधान छ ।

संहितामा पीडित व्यक्तिलाई कसुरदारबाट मनासिब क्षतिपूर्ति भराई दिनुपर्ने प्रावधान पनि रहेको छ ।

संसदको कानून न्याय तथा मानवअधिकार समितिले बालत्कार मुद्धामा नबालिकको हकमा तीन वर्ष र अन्यको हकमा दुई वर्ष हाद म्याद तोक्न प्रस्ताव गरेको छ ।

यौन हिंसा वृद्धिको कारण

समाजशास्त्री तिलक विश्वकर्मा समाजमा सदियौादेखि पुरुषले महिलालाई हेपाहा प्रवृत्तिले हेर्ने गरेको बताउाछन् । उनी भन्छन्, “यी कुरालाई पुरुषले सामान्य र जीवनको पाटोको रूपमा लिने गरेका हुन्छन् । सामान्य रूपमा लिएमा उनीहरूमा डरभन्दा धाकको भाव हाबी हुने गर्दछ, जसका कारणले यौन हिंसा जस्ता घटना हुने गर्दछन् ।”

समाजमा पितृसत्तात्मक सोच र सोही अनुरूपको सांस्कृतिक चालचलन कायमै रहेकाले महिलामाथि यौन हिंसा हुने गरेको मनोविद् करुणा कुावर बताउाछिन् । “समाज पितृसत्तात्मक सोचमा आधारित भएकाले अझै पनि कतिपयले जानेर नै यौन हिंसा गरिरहेका छन् भने कतिपयमा यौन हिंसाबारे स्पष्ट बुझाइ छैन,” मनोविद् कुावरले भनिन्,“यौन हिंसा घरमै पनि हुनसक्छ । पुरुषले सानो बच्ची ठानेर माया गर्ने गर्छन् तर कतिपयले यस्तो माया पनि गलत नियतले गर्छन् । ती कुरा बच्चाले ठुलालाई बताउादा पनि माया गरेर गरेको होला, त्यस्तो होइन भनेर कन्भिन्स गरिन्छ ।” यसो गर्दा यौन हिंसाले प्रश्रय पाइरहेको हुन्छ ।

यसकारण सार्वजनिक हुादै छन् पुराना घटना

पछिल्लो समय वर्षौं पुराना घटना सार्वजनिक हुनुको कारण व्यक्तिहरुमा यौन हिंसा सम्बन्धि चेतनाको विकास हुुनु पनि एक प्रमुख कारक तत्व रहेको समाजशास्त्री विश्वकर्मा बताउाछन् । उनका अनुसार, पारिवारिक माहौलका कारणले पनि पहिले महिलाहरू घरपरिवारको इज्जत, मान, प्रतिष्ठाका लागि खुल्न चाहादैनथे । तर, पछिल्लो समय सामाजिक सञ्जाल, विश्वव्यापी फैलिएको ‘मिटु’ अभियानले महिलालाई सचेत बनाएको छ ।

हिंसामा परेकालाई डर देखाइन्छ । धम्क्याइन्छ । यसकारणले घटना सार्वजनिक हुन समय लाग्ने मनोविद् कुावर बताउाछिन् । यौन हिंसा भइसकेपछि पनि कतिपयको पारिवारिक माहौलले आफूलाई नै दोषी मान्दै बस्ने गर्दछन् । “पीडितले हिम्मत, कसैबाट आशा पाएको महसुस गरेमा मात्रै घटना सार्वजनिक गर्ने गर्दछ,” उनले भनिन्, “कसैले पीडा असह्य भएपछि मात्रै अरूलाई बताउने गर्दछन् ।”

पुराना यौनहिंसाका घटनासामाजिक सञ्जालबाट बाहिरिनुको कारणउजुरी दिने निकायबारे जानकारी नभएर वा उजुरी दिादाप्रभावकारी हुन नसक्ने देखेर भएको महिला विकास अधिकृत विष्टको आकलन छ । उनका अनुसार, कतिपय स्थितिमा आफूमाथि भएको यौन हिंसाबारे अरूलाई भन्न नसक्ने भएर पनि नयाा पुस्ताले सामाजिक सञ्जालमार्फत घटना बाहिर ल्याउने गरेका छन् ।

यौन हिंसा घटाउने अभियान

यौन हिंसा न्यूनीकरण गर्न परिवार, समुदाय, सङ्घसंस्था, स्थानीय तहको महत्त्वपूर्ण भूमिका हुन्छ । यी निकायमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले यौन हिंसा न्यूनीकरण गर्न विभिन्न कार्य गरेको दाबी गरेको छ । मन्त्रालयले महिला यौन हिंसा न्यूनीकरणका लागि विभिन्न निकायसाग समन्वय गर्ने, सहजीकरण गर्ने, नीति निर्माण गर्ने तथा आवश्यक परेमा परिमार्जन गर्ने, कार्यान्वयन गर्न आदेश दिने कार्य गरेको अधिकृत विष्ट बताउाछिन् । प्रदेश र स्थानीय तहले जिम्मेवारी लिएर यौनजन्य जघन्य अपराध न्युनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने विष्टको भनाइ छ । मन्त्रालयले घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६, कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) ऐन, २०७२, १५आौ योजना लगायतका कानुनी प्रावधान तथा नीतिहरूमा टेकेर यौन हिंसा न्युनीकरण गर्ने गरेको विष्ट बताउाछिन् ।

यौन हिंसा तथा समाजिक कुरीति न्युनीकरण गर्न देशभर हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसा तथा समाजिक कुरीति विरुद्ध १६ दिने अभियान सञ्चालन गर्ने गरिएको पनि उनले बताइन् ।

प्रदेश स्तरमा रहेका न्यायिक समितिसाग समन्वय गरी यौन हिंसाविरुद्ध कार्यक्रमहरू सञ्चालन गरिएको राष्ट्रिय महिला आयोगकी उपसचिव तथा प्रवक्ता चमिला भट्टराई बताउाछिन् । ‘‘किशोर किशोरी लक्षित विभिन्न स्कुलमा सचेतना मूलक कार्यक्रमसञ्चालन गरेका छौा,’’ उनी भन्छिन्, ‘‘यौन हिंसा मात्रै नभई लैङ्गिक हिंसाविरुद्ध विभिन्न कार्यक्रम, सचेतना, जानकारी राजनीतिक पार्टी, सुरक्षा निकायसाग समन्वय गरी बर्सेनि नै कार्यक्रम हुन्छ ।’’

महिला मानवअधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालसहित ४० वटाभन्दा बढी सङ्घसंस्थाद्वारा बलात्कारविरुद्धको चौथो राष्ट्रिय अभियान ‘कानुनी तथा सामाजिक न्यायको अधिकार : हिंसारहित समाजको आधार’ भन्ने नारासहित छ महिनासम्म चल्दै छ ।

कसरी कम हुन्छ यौन हिंसा ?

परिवारबाटै यौन हिंसा के हो भन्ने विषयमा छोरी मात्र नभई छोरालाई पनि सिकाउन आवश्यक रहेको मनोविद् कुावर बताउाछिन् । कुावरका अनुसार, यौन हिंसालाई न्यूनीकरण गर्न कानुनी कारबाही प्रक्रिया छिटो हुनुपर्छ । बालबालिकालाई सानैदेखि सचेत गर्नुपर्छ । स्कुलमा होस् वा घरमा यौन हिंसाबारे रेस्पेक्टफुल्ली सिकाउन जरुरी छ ।

परिवार, स्कुलमा छोरीलाई मात्रै यौनहिंसाबारे सचेत नगराई छोरालाई पनि सचेत गराउनु पर्ने विष्टको जोड छ । ‘‘यौन हिंसाबारे आमाबाबुले छोराछोरीलाई ‘गुड टच’, ‘ब्याड टच’ बारे सिकाउन जरुरी छ,’’ उनले थपिन्, ‘‘स्कुलमा यौन शिक्षाबारे शिक्षकले सिकाउन पनि आवश्यक छ ।’’

यौन हिंसाविरुद्धका अभियन्ताहरूको विचारमा सर्भाइबरहरूलाई नै दोषी देखाउन खोज्ने व्यक्तिगत, संगठनात्मक र संरचनात्मक प्रवृत्तिका पृष्ठपोषकहरूप्रति निरन्तर सचेत रहेर इमानदार खबरदारी गर्न पनि जरुरी छ । 


प्रतिक्रिया