राष्ट्रपति भण्डारीलाई कोभिड १९ विरुद्धको

चैत्र २, २०७७

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसविरुद्धको खोप लगाउनु भएको छ । काठमाण्डौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर राष्ट्रपति भण्डारीले खोप लगाउनु भएको राष्ट्रपति कार्यालयले जनाएको छ । सरकारले दोश्रो चरणमा खोप कार्यक्रम शुरु गरेको ९ दिनपछि राष्ट्रपति भण्डारीले कोभिड १९ विरुद्धको खोप लगाउनु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले दोश्रो चरणको खोप अभियान शुरु गरेकै दिन कोभिड १९ विरुद्धको खोप लगाउनु भएको थियो । 

सरकारले गत फागुन २३ गतेदेखि दोस्रो प्राथमिकतामा परेकाहरुलाई खोप शुरु गरेको थियो । सो अन्तर्गत ६५ बर्ष माथिका जेष्ठ नागरिकलाई खोप दिने अभियान जारी छ । दोश्रो चरणको खोप अभियान चैत्र ३ गतेसम्म सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सरकारले सञ्चालन गरेको खोप अभियानमा पहिलो र दोश्रो चरण गरि हालसम्म करिब १५ लाख ५५ हजार ४ सय ११ ले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । 


प्रतिक्रिया