मकवानपुरको स्थानीय तहमा एन्टीजेन विधिबाट कोरोना परीक्षण सुरु

वैशाख १७, २०७८

मकवानपुरको सातवटा स्थानीय तहले एन्टीजेन विधिबाट कोरोना परीक्षण सुरु गरेका छन् । जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरका सूचना अधिकारी ठाकुर पौडेलका अनुसार सातवटा स्थानीय तहले स्थानीयस्तरमै परीक्षणको लागि २ हजार ७५ एन्टीजेन किट लिएका छन् । स्वास्थ्य मन्त्रालयबाट प्राप्त तीनहजार एन्टीजेन किटमध्ये २ हजार ७५ किट स्थानीय तहले लगेका छन् । उहाँका अनुसार सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाले १२ सय थान एन्टीजेन किट कोरोना परीक्षणका लागि लगेका छन् ।

थाहा नगरपलिका र मनहरी गाउँपालिकाले ३/३ सय किट लिएका छन् । कैलाश, वाग्मती र मकवानपुरगढी गाउँपालिकाले ७५/७५ थान किट लिएका छन् । ५० थान किट इन्द्रसरोबर गाउँपालिकामा पुगेको छ । हेटौंडा अस्पतालले १ सय थान किटबाट परीक्षण सुरु गरेको सूचना अधिकारी पौडेलले बताउनुभयो । कार्यलयममा बाँकी रहेको ८ सय २५ थान किटबाट बकैया, भीमफेदी र राक्सिराङ गाउँपालिकामा आवश्यक एन्टीजेन विधिबाट कोरोना परीक्षणको व्यवस्था मिलाउने उहाँको भनाई छ । 


प्रतिक्रिया