जिल्ला अस्पताल सल्यान दुई वर्षदेखि एम्बुलेन्सविहीन

ओपीडी सेवा बन्द गरिएको जिल्ला अस्पताल सल्यान । तस्बिर: विप्लव महर्जन/रेडियो कान्तिपुर । 

वैशाख २६, २०७८ | सल्यान

जिल्ला अस्पताल सल्यान दुई वर्षदेखि एम्बुलेन्सविहीन भएको छ । बिग्रिएर अस्पताल परिसरमा थन्किएको एम्बुलेन्स अहिलेसम्म मर्मत नभएको र नयाँ खरिदमा चासो नदिएका कारण जिल्ला अस्पताल एम्बुलेन्सविहीन भएको हो । 

विगत दुई वर्षदेखि अस्पताल एम्बुलेन्सविहीन भएपछि बिरामीले सास्ती खेप्दै आएका छन् । पछिल्लो समय जिल्ला अस्पतालमा भर्ना भएका कोरोना संक्रमितलाई रिफर गरेपनि अन्यत्र लैजान समेत समस्या हुने गरेको छ । 

बिग्रिएको एम्बुलेन्स मर्मत गर्न बढी खर्च लाग्ने र नयाँ खरिद गर्न बजेट अभावका कारण समस्या भएको जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख दशरथ श्रेष्ठले बताउनुभयो । कर्णाली प्रदेश सरकारसँग एम्बुलेन्स खरिदका लागि बजेट माग गरिएको उहाँले जानकारी दिनुभयो । 

जिल्ला स्वास्थ्य कार्यालयले अस्पतालका लागि एम्बुलेन्स खरिद गर्ने र त्यसपछि प्रदेश सरकारले बजेट उपलब्ध गराउने भनेपनि बजेट अभावमा समस्या भएको जिल्ला अस्पतालका क्लिनिकल इन्चार्ज डा. भीमकान्त जैसीले बताउनुभयो । 


प्रतिक्रिया