लक्षण देखिएका र कन्ट्याक्टमा परेका सबैले नि:शुल्क पीसीआर परीक्षण गर्न पाउने

वैशाख २६, २०७८ | काठमाडौं

सरकारले लक्षण देखिएका र कन्ट्याक्ट ट्रेसिङमा पर्ने सबैको पीसीआर परीक्षण नि:शुल्क गर्ने भएको छ । मन्त्रालयले आज आयोजना गरेको प्रेस व्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा गौतमले त्यस्ता व्यक्तिको पीसीआर परीक्षण नि:शुल्क गर्ने जानकारी दिनुभयो । यसका लागि जिल्ला अस्पताल, पालिका, स्थानीय तह, प्रदेश सबैलाई भनिसकिएको पनि उहाँको भनाई थियो ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत आवश्क पर्ने सामग्री, किट खरिद गर्ने लगायतको तुरुन्त व्यवस्था गर्न मन्त्रालयले व्यवस्थापन महाशाखालाई निर्देशन दिएको छ ।  


प्रतिक्रिया