खुट्टा भाँचिएको बिरामीलाई रेबिज विरुद्धको खोप !

श्रावण १, २०७८

पश्चिम नवलपरासीको जिल्ला अस्पताल परासीमा खुट्टा भाँचिएकी बिरामीलाई रेबिज विरुद्धको खोप लगाएपछि आफन्तले विरोध जनाएका छन् । सुनवल नगरपालिका वडा नम्बर ९ बस्ने ३ वर्षीय प्रिया कहांरको खुट्टामा चोट लागेपछि उपचारका लागि अस्पताल ल्याईएको थियो । तर उपचारमा सम्लग्न स्वाथ्यकर्मीले प्लास्टर लगाउनुपर्नेमा रेविज विरुद्धको खोप लगाईदिएको बिरामीका आफन्त रेशम कहांरले बताउनुभयो । अस्पतालले घटना लुकाउन खोजेपछि आफन्तीले संचारमाध्यम लाई आज मात्र जानकारी गराएका हुन् ।

हिजो बालवालिकालाई रेविज विरुद्धको खोप लगाउने कार्यक्रम थियो । टिकट काटेर बालिकाको आमाले नर्स भएको स्थानमा लगिन् । रेविज विरुद्धको खोप लगाईरहेकी अस्पतालकी नर्स नाजम खातुनले कार्ड नै नहेरी बालिकालाई खोप लगाईनु भएको थियो । अस्पतालका निमित्त सुपरिटेण्डेडेण्ट डां मोहम्मद नुरुल होदाले आफ्ना स्वास्थ्यकर्मीबाट गल्ति भएको स्विकार गर्दै दोषिलाई स्पस्टिकरण सोधिएको र चित्त नबुझे कारवाही गर्ने बताउनुभयो । बालिकालाई रेबिज विरुद्धको खोप गल्तिले लगाए पनि स्वास्थ्यमा असर नगर्ने होदाको भनाई थियो । घटना पछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले घटना बारे जानकारी लिएर दोषीलाई कारवाही गर्न निर्देशन दिनु भएको छ ।  


प्रतिक्रिया