थप २ लाख ८ हजार ७ सय डोज नेपाल भित्रियो

भाद्र ५, २०७८

जापानले उपलब्ध गराउने भनिएको कोभिड १९ विरुद्धको १६ लाख मात्रा अष्ट्राजेनेका खोप मध्ये २ लाख ८ हजार ७ सय डोज नेपाल भित्रिएको छ । यसअघि दुई पटक गरी ९ लाख डोज खोप नेपाल आइसकेको छ । 

बाँकी खोप पर्सी ७ गते आउने नेपालका लागि जापानी दुतावासले उल्लेख गरेको छ । 

स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप महाशाखा प्रमुख झलक गौतमले खोप प्राप्त भएसंगै प्रदेश १ र २ मा कोभिसिल्डको पहिलो मात्रा लगाएका ६५ वर्ष माथि उमेर समूहका व्यक्तिलाई दिने बताउनुभयो ।


प्रतिक्रिया