‘हालसम्म ४० लाख बढीले कोभिड १९ विरुद्धको दुबै मात्रा खोप लगाए’

भाद्र १२, २०७८ | काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ४० लाख बढीले कोभिड १९ विरुद्धको दुबै मात्रा खोप लगाएका छन् । मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार ४० लाख ५२ हजार ७ सय ६५ जनाले कोभिड १९ विरुद्धको दुबै मात्रा खोप लगाएका हुन् । यस्तै ५० लाख ६३ हजार ५ सय २२ जनाले पहिलो मात्राको खोप लगाएका छन् । 

मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार सबै भन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै कोरोना संक्रमणका कारण नेपालमा अहिलेसम्म सबै भन्दा धेरै ६० वर्ष भन्दा माथिका ५ हजार ७ सय ४१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया