२४ जनाको नि:शुल्क आँखाको शल्यक्रिया

आश्विन ९, २०७८ | भक्तपुर

भक्तपुरको चाँगुनारायण र मण्डनदेउपुर नगरपालिकाका २४ जनाको नि:शुल्क आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरेको छ । 

नगरकोट नाल्दुम पर्यटन विकास समितिको समन्वय र मातृका आँखा केन्द्रको प्राविधिक सहयोगमा शनिबार नगरकोटमा मोतियाबिन्दुको नि:शुल्क शल्यक्रिया गरेको हो । 

गत साता ३ सय ५० जनाको नि:शुल्क आँखा परिक्षण गरेको थियो । जसमध्ये, ४७ जनामा मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने चिकित्सकको सल्लाह बमोजिम शल्यक्रिया शिविरको आयोजना गरेको नगरकोट नाल्दुम पर्यटन विकास समिति अध्यक्ष नविन गुरुङले बताउनुभयो ।

‘उच्च रक्तचापका कारण शनिबार २४ जनाको मात्र मोतियाबिन्दुको शल्यक्रिया गर्न सक्यौं,’ उहाँले भन्नुभयो, ‘बाँकीको छिट्टै शल्यक्रिया हुन्छ ।’ शिविरमा औषधि र चस्मा पनि नि:शुल्क प्रदान गरेको थियो । 


प्रतिक्रिया