लुम्बिनीमा एक सय शय्याको आधुनिक अस्पताल बन्ने

कार्तिक २५, २०७८ | बुटवल

बुद्धजन्मस्थल लुम्बिनीमा एक सय शय्याको आधुनिक अस्पताल बनाउने प्रक्रिया सुरु भएको छ । लुम्बिनी क्षेत्रका महिलाको स्त्री तथा प्रजनन् स्वास्थ्य उपचारलाई लक्षित गरी अस्पताल निर्माण प्रक्रिया थालिएको हो । 

स्त्री तथा प्रजनन् स्वास्थ्य उपचारलाई प्राथमिकता दिने अस्पतालले अन्य सेवा समेत सञ्चालन गर्नेछ । लुम्बिनी सांस्कृतिक नगरपालिकाको पहलमा लुम्बिनी गार्डेन फाउण्डेशनले सो अस्पताल निर्माण गर्ने भएको हो । 

बिहीबार लुम्बिनी गार्डेन फाउण्डेशन र लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच अस्पताल निर्माण बारे सम्झौता भएको छ । सम्झौता अनुसार नगरपालिकाले जग्गाको ब्यवस्थापन गरिदिनु पर्ने र फाउण्डेशनले निर्माणको व्यवस्थापन गर्नुपर्ने उल्लेख छ । 

सम्झौतामा हस्ताक्षर गर्दै लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले एक महिना भित्र नगरपालिकाको १० नम्बर वडामा जग्गाको व्यस्थापन गरी हस्तान्तरण गर्ने बताउनुभयो । 


प्रतिक्रिया