प्रदेश २ का सबै जिल्लामा कोभिड १९ विरुद्धको खोप लगाइने

पुस ८, २०७८

सरकारले प्रदेश २ का सबै जिल्लामा कोभिड १९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै प्रदेशे २ का सबै जिल्लामा १८ वर्ष माथिका सबैका लागि कोभिड १९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने जनाएको हो । 

खोप नलगाएका सबैलाई नजिकको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । खोप अभियानमा भेरोसेल र एस्ट्राजेनेका लगाइने मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया