कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन सम्बन्धी थप सर्तकता अपनाउन आग्रह

पुस १८, २०७८ | काठमाडौं

स्वास्थ्य सेवा विभागले कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन सम्बन्धी थप सर्तकता अपनाउन आग्रह गरेको छ । विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण शाखाले सबै स्थानीय तह, स्वास्थ्य कार्यालय र सातै प्रदेशका स्वास्थ्य निर्देशनालयहरुलाई पत्राचार गर्दै थप संक्रामक भेरियन्ट ओमिक्रोन नेपालमा पनि भित्रिएकाले सबै निकाय थप सतर्क र पूर्वतयारीका साथ रहन आग्रह गरेको छ । 

जनस्वास्थ्यका मापदउडहरु पूर्ण पालना गराउन र समुदायका जोखिम ोत्रहरु पत्ता लगाई एन्टीजेनको परीक्षण बढाउन पनि विभागले सबै निकायलाई आग्रह गरेको छ । यस्तै सीमा नाकाहरुबाट प्रवशे गर्ने यात्रुहरुको प्राटोकल अनुसार परीक्षण र व्यवस्थापन गर्न र खोप लगाउन छुटेका लक्षित वर्गको पहिचान तथा कोभिड १९ विरुद्धको खोपको प्रयोगमा वृद्धि गर्न पनि विभागले आग्रह गरेको छ । 


प्रतिक्रिया