पछिल्लो २४ घण्टामा नेपालमा २ सय १६ जनामा कोरोना संक्रमण पुष्टि

पुस १८, २०७८

पछिल्लो २४ घण्टामा नेपालमा २ सय १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ६ सय ३१ जनामा गरीएको परिक्षणबाट सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मनत्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा २ सय ९ जना संक्रमण मुक्त भएका छन् । सोही अवधिमा थप २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९६ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ७१ रहेको मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया