कोरोना संक्रमण ह्वात्तै बढ्यो

पुस २१, २०७८ | काठमाडौं

पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १० हजार २ सय ६७ जनाको कुल परिक्षणका क्रममा सो संख्यामा संक्रमित थपिएका हुन् । 

सोही अवधिमा २ सय ३९ जना संक्रमणमुक्त भएका छन् । संक्रमणका कारण मृत्यु हुनेको संख्या पछिल्लो २४ घण्टामा शून्य छ । नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार २ सय २५ रहेको मन्त्रालयले जनाएको छ । यसअघि हिजो ३ सय ९३ जनाका संक्रमण पुष्टि भएको थियो । अस्ति सोमबार ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । लामो समयपछि कोरोना संक्रमितको संख्या ३ सय पुगेको थियो । मन्त्रालयले कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै स्वास्थ्य मापदण्डका उपाय कडाईका साथ अपनाउन पनि सर्वसाधारणलाई आग्रह गरेको छ । 


प्रतिक्रिया