थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

वैशाख १८, २०७९

पछिल्लो पटक नेपालमा २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ हजार २ सय २२ जनामा गरिएको परिक्षणबाट सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

हाल नेपालमा सक्रिय संक्रमितको संख्या २ सय २१ छ । पछिल्लो पटक २७ जना संक्रमित संक्रमणमुक्त भएको मन्त्रालयले उल्लेख गरेको छ । 


प्रतिक्रिया