थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

वैशाख २०, २०७९

पछिल्लो पटक नेपालमा ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ३ हजार ९४ जनामा गरिएको नमुना परीक्षणबाट ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

थप २३ जना संक्रमणमुक्त भएका छन् । मूलुकभर सक्रिय संक्रमितको संख्या २ सय १७ जना रहेको मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया