थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

जेष्ठ १९, २०७९

पछिल्लो २४ घण्टामा नेपालमा १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

२ हजार ५ सय ९५ जनामा गरिएको नमुना परिक्षणबाट सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

आज ८ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ सय १ जना रहेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया