थप २८ जनामा कोरोना संक्रमण पुष्टि

जेष्ठ २४, २०७९

पछिल्लो समय कोरोनामुक्त हुनेको संख्या भन्दा संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो पटक नेपालमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार ३ हजार ३ सय ७६ जनामा गरिएको नमुना परीक्षणबाट २८ जनामा संक्रमण पुष्टि भएको हो । मूलुकभर एक सय ७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । 


प्रतिक्रिया