कम्तीमा ९८ दिन प्रसूति बिदा दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

जेष्ठ २५, २०७९

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महिलाहरुलाई दिइने सुत्केरी बिदा कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ । 

मन्त्रालयकी उपसचिव रोशनी देवी कार्कीद्धारा जारी विज्ञप्तीमा कतिपय सरकारी, निजी तथा गैरसरकारी संघ संस्थामा कार्यरत महिलाहरूलाई नियमानुसार पाउनुपर्ने प्रसूति बिदा नदिएको गुनासो आएको भन्दै महिला कर्मचारीलाई सुत्केरी हुनु अघि र पछि गरी कम्तीमा ९८ दिनसम्मको तलब सहितको प्रसूति बिदा उपलब्ध गराउन निर्देशन दिइएको उल्लेख छ । 

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ मा निजी र सरकारी गैरसरकारी संघ–संस्थामा कार्यरत महिला कर्मचारीलाई सुत्केरी हुनुअघि वा पछि कम्तीमा ९८ दिनसम्मको तलव सहितको प्रसूति विदा पाउने व्यवस्था छ ।


प्रतिक्रिया