थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

जेष्ठ ३०, २०७९

पछिल्लो पटक नेपालमा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ हजार २ सय ११ जनामा गरिएको परिक्षणबाट सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

सोही अवधिमा १३ जना संक्रमण मुक्त भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ सय २ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया