पछिल्लो पटक ८ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि

श्रावण १६, २०७९

नेपालमा पछिल्लो पटक ८ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार ९ सय ९ नमुना परिक्षण गरिएकोमा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

आज थपिएका संक्रमित पछिल्लो चार महिनाकै सबैभन्दा धेरै भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङकमा उल्लेख छ । मन्त्रालयका अनुसार २१ देखि २९ वर्ष उमेर समूहमा बढी संक्रमण देखिएको छ । काठमाडौं जिल्लामा सबैभन्दा धेरै ३ सय ७३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । 


प्रतिक्रिया