स्तनपान दर घट्दो

श्रावण १८, २०७९

नेपालमा पछिल्लो समय स्तनपान गराउने आमाहरुको संख्या घट्दै गएको पाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार विशेष गरी शिक्षित, शहरी र सामाजिक–आर्थिक रुपमा सम्पन्न वर्गका महिलाले नै स्तनपान गराउन छाडेका छन् । परिवार कल्याण महाशाखा अन्तर्गत स्वास्थ्य सेवा विभागका प्रमुख डा. विकेककुमार लालले शिक्षित महिलाले नै स्तनपान गराउन छाडेको बताउनुभयो ।

बदलिंदो जीवनशैलीका कारण महिलाहरुले आफ्ना शिशुलाई स्तनपान नगराउने प्रवृत्ति बढेको टिप्पणी भइरहेका छन् । स्तनपान गराउँदा बच्चा र आमा दुवैलाई फाईदा पुग्ने भन्दै कम्तीमा २ वर्ष स्तनपान छुटाउन नहुने चिकित्सकले बताएका छन् । अंग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष अगष्ट १ देखि अगष्ट ६ सम्म मनाइने विश्व स्तनपान सप्ताह नेपालमा पनि मनाउने गरिएको छ । 


प्रतिक्रिया