थप ९ सय १५ कोरोना संक्रमित

श्रावण १८, २०७९

नेपालमा पछिल्लो पटक ९ सय १५ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार ६ हजार २ नमुना परिक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार, ३ सय १ जना संक्रमणमुक्त भएका छन् । 

अहिले नेपालमा ५ हजार ३ सय ३३ कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । मन्त्रालयले कोरोना संक्रमितको संख्या निरन्तर उकालो लाग्दै गएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले कोरोना संक्रमणबाट बच्नको लागि जारी गरिएको स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गर्न आग्रह गरेको छ । 


प्रतिक्रिया