थप ७ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

श्रावण १९, २०७९

पछिल्लो पटक नेपालमा ७ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९ सय २६ जनामा गरिएको नमुना परीक्षणबाट सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । 

३ सय २४ जना संक्रमणमुक्त भएका छन् । थप एक जनाको मृत्यु भएको छ । मूलुकभर सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय २ जना रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । 


प्रतिक्रिया