थप २ सय ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

भाद्र २२, २०७९

पछिल्लो पटक नेपालमा २ सय ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ हजार ८ सय ३६ जनामा गरिएको नमुना परिक्षणबाट सो संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

१८ जना संक्रमणमुक्त भएका छन् । २ जनाको मृत्यु भएको छ । मूलुकभर सक्रिय संक्रमितको संख्या २ हजार ५ सय ५ रहेको मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया