थप २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि

भाद्र २८, २०७९

पछिल्लो पटक नेपालमा २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५९ जनामा गरिएको नमुना परीक्षणबाट सो संख्यामा संक्रमण पुष्टि भएको हो । थप १ सय २६ जना संक्रमणमुक्त भएका छन् । मूलुकभर २ हजार २ सय ३२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यसैबीच ७५ जिल्लामा डेंगु रोग फैलिएको मन्त्रालयले जनाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार मूलुकभर साउन यता ९ हजार ८ सय ३५ जनामा डेंगु देखा परेको छ । ती मध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा ७ हजार ४ सय ४० जनामा सो रोग देखिएको मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया