पुष यता डेंगुका कारण हालसम्म १३ जनाको मृत्यु

भाद्र ३१, २०७९

नेपालमा पुष महिनायता देखा परेको डेंगुका कारण १३ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य शाखा प्रमुख डा गोकर्ण दाहालले मृत्यु हुने अधिकांश ४० वर्ष मुनीका रहेको बताउनुभयो । 

यसैबीच नेपालमा डेंगु रोगीको संख्या १३ हजार नाघेको छ । महाशाखाको पछिल्लो तथ्यांक अनुसार १३ हजार ७ जनामा डेंगु संक्रमण फेला परेको छ । त्यसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ९ हजार ९ सय ७१ जनामा सो रोग पुष्टि भएको छ । 


प्रतिक्रिया